एमाले विधान महाधिवेशनतिर गुडेको मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि…

हिमाल प्रेस २१ भदौ २०८२ ९:५६
40
SHARES
एमाले विधान महाधिवेशनतिर गुडेको मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि…

काठमाडौँ- नेकपा एमालेको विधान महाधिवेशन चलिरहेको स्थानको नजिकै कोशी प्रदेशका अर्थमन्त्री रामबहादुर रानाको मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको छ। बिहान विधान महाधिवेशनतिर जाँदै गर्दा गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएको थियो।

सोही घटनाका कारण विधान महाधिवेशन एक घण्टा ढिला सुरु भएको छ। एमाले स्रोतका अनुसार बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएपछि विधान महाधिवेशनको शत्र सुरु भएको थियो। बालिकालाई गाडीले ठक्कर दिएपछि केही समय तनावग्रस्त बनेको थियो। बाटो समेत अवरुद्ध भएको एमाले नेताहरूले जनाएका छन्।

दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष ओलीले दुःख व्यक्त गरे।

‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घट्नाप्रति दुःख व्यक्त गर्दछु । कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन् । तर भइदियो । त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन बिलम्ब हुन गयो’, अध्यक्ष ओलीले भने।

‘भवितव्य घट्ना भएको । त्यस्तो क्षति पनि भएको छैन । यसमा हामी पनि दुःखी भएका छौं र बच्चीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, अध्यक्ष ओलीले भने।

प्रकाशित: २१ भदौ २०८२ ९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast