भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पत्नीसहित अयोध्यामा

हिमाल प्रेस २० भदौ २०८२ १८:५७
26
SHARES
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पत्नीसहित अयोध्यामा तस्बिर : पीटीआई

काठमाडौँ– भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र उनकी पत्नी ओम ताशी डोमासहितको भुटानी टोली शुक्रबार अयोध्या पुगेको छ।

उत्तर प्रदेशका मन्त्री सूर्य प्रताप शाहीले विमानस्थलमा भुटानी टेलीलाई स्वागत गरेको जनाइएको छ। प्रधानमन्त्री छिरिङ तोब्गेले अयोध्यामा श्री राम लला, हनुमानगढी र अन्य मन्दिरहरूमा पूजा गर्ने कार्यक्रम छ।

अयोध्याको आध्यात्मिक भ्रमणमा तोब्गेले बिहारको प्राचीन शिक्षामा निहीत नालन्दा सस्कृति संरक्षण गर्नुपर्ने बताउँदै भुटानले यसको प्रसार र संरक्षणमा आफ्नो भूमिका खेल्ने आश्वासन दिएका छन्।

स्वागत कार्यक्रममा बोल्दै तोब्गेले नालन्दा महावीरको परम्परालाई निरन्तरता दिई भुटानलाई राजगिरमा मन्दिर निर्माण गर्ने अवसर दिएकोमा भारत सरकारलाई धन्यवाद दिए।

उनले यो ऐतिहासिक सहर राजगिर भ्रमण गर्ने अवसर दिएकोमा पनि धन्यवाद ज्ञापन गरे।

नालन्दा विगतको विश्वविद्यालयमात्र नभई शान्ति, एकता र आध्यात्मिकताको स्तम्भ भएको जिकिर गर्दै उनले यसले विश्वलाई निरन्तर प्रेरणा दिइरहेको बताए।

वज्रयान बौद्ध राज्यको रूपमा भुटानले आध्यात्मिक र सांस्कृतिक परम्परालाई संरक्षण गर्न नालन्दाको भूमिकालाई सम्मान गर्दै नालन्दासँगको सहकार्य र ऐतिहासिक सम्बन्ध विस्तार हुने बताए।

विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री सेरिङ तोब्गे र उनकी पत्नी ओम ताशी डोमा सेप्टेम्बर ६ सम्म भारतको आधिकारिक भ्रमणमा रहने छन्।

टोब्गेको यो भ्रमण फेब्रुअरी २० देखि २१ पछि भएको हो, जसमा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको ‘स्कूल अफ अल्टिमेट लिडरसिप (सोल)’ को उद्घाटन नेतृत्व सम्मेलनमा भाग लिएका थिए।

भ्रमणले भारत र भुटानबीचको सहयोग र सम्बन्धलाई जोड दिएको विदेश मन्त्रालयले उल्लेख गरेको छ।

विदेश मन्त्रालयको विज्ञप्तिअनुसार अघिल्लो भ्रमणका क्रममा प्रधानमन्त्री तोब्गेले प्रधानमन्त्री मोदीसँग वार्ता गरेका थिए भने रेलमन्त्री अश्विनी वैष्णव, संसदीय मामिला मन्त्री किरेन रिजिजु, विदेश राज्यमन्त्री पबित्र मार्गेरिटा र भारत सरकारका अन्य वरिष्ठ अधिकारीहरूले पनि भेटघाट गरेका थिए।-रासस/एएनआई

प्रकाशित: २० भदौ २०८२ १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast