युक्रेनलाई २६ देशको सैन्य समर्थन : माक्रों

हिमाल प्रेस २० भदौ २०८२ १८:०९
युक्रेनलाई २६ देशको सैन्य समर्थन : माक्रों फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

काठमाडौँ- फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले युद्धविरामपछि २६ देशहरूले युक्रेनलाई सुरक्षा दिने वाचा गरेको बताएका छन्। माक्रोंको अनुसार युक्रेनको सुरक्षाका लागि जमिन, समुद्र र हवाई क्षेत्रमा एक अन्तर्राष्ट्रिय बलको तैनाथी सामेल हुनेछ।

युक्रेनी समर्थनको गठबन्धन बैठकपछि बोल्दै म्याक्रोंले गठबन्धनको उद्देश्य बलपूर्वक रुससँग युद्धमा संलग्न हुनु नभई युक्रेनलाई सुरक्षा सुनिश्चितता प्रदान गर्ने भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भिडियामार्फत भएको कुराकानीपछि म्याक्रोंले वासिङ्टनले यस पहललाई समर्थन गरेको र आगामी दिनमा अमेरिकी संलग्नताको विवरण स्पष्ट हुने जिकिर गरेका छन्।

उनले युक्रेनले कुनै पनि शान्ति वार्ताको क्रममा आफ्नो सेनाको आकार र क्षमतामा कुनै असहजता सामना गर्नु नपर्ने सुनिश्चितता रहेको बताए।

मस्कोले शान्ति प्रक्रियामा संलग्न हुन अस्वीकार गरे युरोपेली संघले संयुक्त राज्य अमेरिकासँगको समन्वयमा रुसविरूद्ध नयाँ प्रतिबन्धहरू लगाउने तयारी गरिरहेको पनि उनले पुष्टि गरेका छन्।

यसैबीच युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले राष्ट्रपति ट्रम्पले केही ईयू देशहरूले अझै रुसी तेल खरिद जारी राखेकोमा निराशा व्यक्त गरेका छन्।

प्रकाशित: २० भदौ २०८२ १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast