सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय असंवैधानिक र जनविरोधी : प्रचण्ड

हिमाल प्रेस २० भदौ २०८२ १५:००
10
SHARES
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय असंवैधानिक र जनविरोधी : प्रचण्ड फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी बताएका छन्। सरकारले आलोचना दबाउन, आफ्नालाई जोगाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न यो कदम चालेको प्रचण्डले बताएका हुन्।

सरकारले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन गर्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको प्रचण्डको आरोप छ। सर्वोच्च अदालतले सामाजिक सञ्जाल प्रकाशन–प्रसारणसम्बन्धी कानुनी व्यवस्था गर्न दिएको आदेशको समेत यो निर्णयले अपव्याख्या गरेको उनको भनाइ छ।

‘सरकारको यो कदमले अभिव्यक्ति स्वतन्त्रतामात्र होइन, देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क र सञ्चारलाई समेत जटिल र असहज बनाएको छ,’ प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

प्रचण्डले यो निर्णय तत्काल रद्द गरी संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिम मूल्य–मान्यताको रक्षा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

‘हाम्रो पार्टी सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमको पक्षमा अडिग छ,’ उनले भनेका छन्,‘तर संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र छलफलमार्फत अघि बढाउनुपर्नेमा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोरा आपत्तिजनक कदम हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast