सहरमा आज

थिएटरमा कथानक नाटक, हलमा अनेक फिल्म 

हिमाल प्रेस २१ भदौ २०८२ ६:४७
8
SHARES
थिएटरमा कथानक नाटक, हलमा अनेक फिल्म 

काठमाडौँ- आज भदौको तेस्राे शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गर्दै आइरहेका छौँ।

जो फुर्सदमा हुनुहुन्छ उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता हलमा नयाँ एक  नेपाली र दुई विदेशी फिल्म प्रर्दशन भएको छ। नेपालीमा ‘रिमै’,  बलिउडमा ‘बागी ४’ र हलिउड फिल्म ‘द कन्जुरिङः लास्ट राइट्स’। योसँगै अघिल्ला साता मञ्चन भएको ‘गुन्यो चोलो : द ड्रेस’, ‘कोशेढुङ्गा’ ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’  पनि चलिरहेको छ। यो सँगै अन्य हिन्दी फिल्म पनि छन्।

त्यस्तै थिएटरमा ‘खमारीः मौन संवाद’, ‘काली पार’ र ‘सिरुमारानी’ गरी तीन नाटक मञ्चनरत छ। साहित्यप्रेमी पाठकका लागि पुस्तकको लोकार्पण कार्यक्रम पनि रहेको छ।

कहाँ केके हुँदै छ हेरौं,

अम्बिका अर्यालको कवितासंग्रह ‘बेचैन अभिलाषा’ र अजब अनन्तको बालसंस्मरण लोकार्पण

भदौ २१ आज बागबजारस्थित पद्य्मकन्या क्याम्पसको डेनिस हलमा अम्बिका अर्यालको कवितासंग्रह ‘बेचैन अभिलाषा’ र अजब अनन्तको बालसंस्मरण लोकार्पण हुँदैछ। कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ।

मण्डलामा ‘खमारीः मौन संवाद’
थापागाउँस्थित मण्डला थिएटरमा भदौ १९ देखि नाटक ‘खमारी’ मञ्चन भइरहेको छ। नाटक मणि के राईको परिकल्पना र निर्देशनमा बनेको हो। नाटकमा प्रकृति र मानव सभ्यताको कथालाई शारीरिक अभिव्यक्ति र नृत्यको माध्यमबाट प्रस्तुत गरिएको छ। जसमा एक बालकको रूखप्रतिको प्रेम र उसले खमारीको बिरुवा हुर्काउन गरिएको संघर्ष देखाइएको छ।

नाटकमा प्रिया लम्जेल, आरुशी राई, मुस्कान राउत, प्रेम चन्द पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, डिलेन्द्र राई, देविका राई, ममता साम्पाङ्ग राई, शक्ति राई, रेनुका घर्ती मगर, रञ्जना नेपाली र सौजन सेनेहाङको अभिनय छ। जयराम ढकाल निर्माता रहेको नाटक एक थिएटर नेपालको प्रस्तुतिमा बनेको छ। नाटक भदौ २९ सम्म चल्नेछ। शनिबार दिउँसो १२ः ३० र अपरान्ह ४ः ३० बजेको दुई सो हुँदैछ।

कोसी थिएटरमा ‘काली पार’
टेकुस्थित कौसी थिएटरमा भदौ १२ देखि नाटक ‘काली पार’ मञ्चन भइरहेको छ। ऐतिहासिक कथावस्तुमा बनेको नाटकका निर्देशक मुक्तिप्रसाद पौडेल र प्रवीण पौडेल हुन्। नाटकमा आजभन्दा १५ सय वर्षअघिको टुक्रे राज्यहरू विस्तारको अभियानसँग सम्बन्धित छ। नाटक तत्कालीन समयको धरमपुरको राज्य विस्तारको अभियान र कहिल्यै पराजित नभएको त्रिरत्नपुर (जगतपुर, रत्नकोट र नदीपुर)को टकरावको कथामा केन्द्रित छ।

नाटकको मञ्चमा निर्देशकद्वय मुक्ति र प्रवीणसहित कलाकार निरज पन्थी, सागर दाहाल, ऋषिकेश दाहाल, क्षितिज पराजुली, खगेन्द्र धामी, पूर्णिमा आचार्य, करिश्मा सङ्गौला, कबिर काफ्का, आयुष्मा मगर, जीवन गौतम, प्रकृति कार्की, आशिष काफ्ले, शरद, दिलराज राई, रोहित श्रेष्ठ र युनेशले अभिनय गरेका छन्। नाटक आगामी असोज ४ सम्म मंगलबारबाहेक साताको प्रत्येक दिन मञ्चन हुनेछ। आज शनिबार दिउँसो १ बजे र साँझ ५ः३० बजेको दुई सो छ।

मण्डलामा ‘सिरुमारानी’
मण्डला थिएटरमै भदौ ११ देखि नाटक ‘सिरुमारानी’ मञ्चन भइरहेको छ। नाटक एक विद्रोही नारीको कथामा बनेको छ। नाटकको कथा सरुभक्तले लेखेका हुन्। मण्डलाकै ल्याब–१७ का विद्यार्थीले अभिनय गरेको नाटक अनुप न्यौपाने र सुमित्रा पेहिमले निर्देशन गरेका छन्। असोज ५ सम्म मञ्चन हुने नाटकमा सायुज्य भण्डारी, चाँदनी श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सहिष्मा खड्का, सुजन घिमिरे, अमृत सुनारलगायत ३३ जना प्रशिक्षार्थीको अभिनय छ। नाटकको आज दुई सो हुँदैछ, दिउँसो १ः१५ बजे र साँझ ५ः१५ बजे।

हलमा कुनकुन फिल्म?

रिमै

भदौ २० देखि हलमा नेपाली फिल्म ‘रिमै’ प्रदर्शन भइरहेको छ। अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म प्रेम कथासहित गुरुङ समुदायको संस्कार र संस्कृतिमा आधारित छ। फिल्म खिलबहादुर गुरुङको निर्देशनमा बनेको हो।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमा, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, अष्टनारायण हल फिल्म ‘रिमै’ चलिरहेको अन्य हल हुन्।

द कन्जुरिङः लास्ट राइट्स

हलिउड फिल्म ‘द कन्जुरिङः लास्ट राइट्स’ भदौ २० देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर र हरर जनरामा बनेको फिल्मका निर्देशक माइकल चाभेस हुन्। फिल्ममा भेरा फार्मिगा, प्याट्रिक विल्सन म्याडिसन ललरलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, छाया सेन्टर, भाटभटेनी भक्तपुरमा फिल्मको ४० सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्युब सिनेमा, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, अष्टनारायण हलमा फिल्म ‘द कन्जुरिङः लास्ट राइट्स’ प्रदर्शनरत छ।

बागी ४

बलिउड फिल्म ‘बागी ४’ पनि भदौ २० देखि नै नेपालमा प्रदर्शनरत छ। टाइगर श्राफको मुख्य भूमिका रहेको फिल्म थ्रिलर, एक्सन र ड्रामा जनरामा बनेको छ। हर्षा निर्देशित फिल्ममा टाइगरसँगै संजय दत्त, सोनम बाजवा, हरनाज सन्धुलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमा, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, अष्टनारायण हलमा बलिउड फिल्म ‘बागी ४’ प्रदर्शनरत छ।

गुन्यो चोलो : द ड्रेस

फिल्म ‘गुन्यो चोलो : द ड्रेस’ भदौ १३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मको कथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संघर्षको कथामा आधारित छ। फिल्मकी निर्देशक समुन्द्र भट्ट हुन्। नाजिर हुसेन मुख्य भूमिकामा रहेको फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको लबिम मल, सिटी स्क्वायर मल, सिभिल मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमा, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘गुन्यो चोलो ः द ड्रेस’ चलिरहेको छ।

कोशेढुङ्गा

फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ देखि हलमा प्रदर्शनरत छ। फिल्मको कथा वैदेशिक रोजगारी र प्रेमकगालाई समेटेको छ। फिल्मका निर्देशक सरोज पौडेल हुन्। फिल्ममा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, दिनेश काफ्ले, विशाल पहारीलगायत कलाकारको अभिनय छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल, सिटी स्क्वायर मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र विश्वज्योति मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, बिग मुभिज, एफक्युब सिनेमा, कीर्तिपुर सिनेप्लेक्समा ‘कोशेढुङ्गा’ प्रदर्शनरत छ।

माग्ने राजा

फिल्म ‘माग्ने राजा’ भदौ ६ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक ऋषि लामिछाने हुन्। कलाकार केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म एकजना माग्नेको राजा बन्ने सपनामा आधारित छ। कमेडी मिश्रित सामाजिक कथामा बनेको फिल्ममा केदारसहित वर्षा शिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायत कलाकारको अभिनय छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको दरबार सिनेम्याक्स, लबिम मल, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमा, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

जनै हराएको मान्छे

भदौ ६ देखि नै हलमा अर्को फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक हिमाल न्यौपाने हुन्। फिल्म पारिवारिक कथामा बनेको छ। फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको सिभिल मल, सिभिल मल, सिटी स्क्वायर मल, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मलमा फिल्मको सो छ।

मोहर

फिल्म ‘मोहर’ पनि गत साउन २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मले देउकी प्रथाको कथा प्रस्तुत गरेको छ। फिल्मका लेखक तथा निर्देशक ओम प्रतीक हुन्। फिल्ममा बेनिशा हमाल, नीति शाह, पल शाह, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ। उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिटी स्क्वायर मलमा फिल्मको सो छ।

वस विवश लेभल २
थ्रिलर जनरामा बनेको बलिउड फिल्म ‘वश विवश लेभल २’ भदौ १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कृष्णदेव याज्ञिकको निर्देशनमा बनेको फिल्ममा जानकी बोडीवाला, मोनल गज्जर, हितु कनोडियालगायत कलाकारको अभिनय छ। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टरमा फिल्मको सो छ।

परम सुन्दरी
बलिउड फिल्म ‘परम सुन्दरी’ भदौ १३ देखि नेपालमा प्रर्दशन भइरहेको छ। रोमान्स र ड्रामा जनरामा बनेको फिल्ममा सिद्दार्थ मल्होत्रा र जान्हवी कपूर मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक तुषर जलोटा हुन्। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल र बिग मुभिजमा फिल्मको सो छ।

प्रकाशित: २१ भदौ २०८२ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast