
काठमाडौँ- काठमाडौँमा नयाँ नाइट लाइफको अनुभव दिने उद्देश्यले एक्स ओ क्लब औपचारिक रूपमा सञ्चालनमा आएको छ। करिब ३० करोड रुपैयाँको लगानीमा बनेको यो स्थललाई नेपालको मनोरञ्जन क्षेत्रमा नयाँ स्तरको उपलब्धि मानिएको छ।
औपचारिक उद्घाटन हुनु अघि नै आफ्टरआवोर्स (आफ्टरआवोर्स) सँग सहकार्यमा आयोजित अन्डरकन्स्ट्रक्सन पार्टीमार्फत क्लबले विश्वस्तरीय वातावरणको झलक दिइसकेको थियो।
नेपालमै पहिलोपटक यहाँ विश्व प्रसिद्ध एड्म्सन स्पिकर प्रणाली जडान गरिएको छ। विश्वका ठूला क्लब र फेस्टिभलहरूले प्रयोग गर्दै आएको यो अत्याधुनिक प्रविधिलाई क्यानडाबाट आएका कार्लोस सालाबेरी ले स्वयम् ट्युन गरेका हुन्। यससँगै अत्याधुनिक लाइटिङ, साउन्डप्रुफिङ र अन्य प्रविधिहरूले क्लबलाई फरक अनुभव दिने गरी तयार गरिएको आयोजकले जनाएको छ।
टिम एक्स एल का संस्थापक शशिन्द्र चित्रकारको नेतृत्वमा बनेको यस परियोजनामा प्रोजेक्ट स्टुडियो प्रोडक्सन का संस्थापक तथा ख्यातिप्राप्त अडियो इन्जिनियर विनय अमात्य सक्रिय रूपमा संलग्न छन्। १०० भन्दा बढी जनशक्तिको संयोजनमा अन्तर्राष्ट्रिय स्तरको सेवा सुनिश्चित गरिएको क्लबले जनाएको छ।