
काठमाडौँ- हिरो मोटोकर्पले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘हाम्रो परम्परा २०८२’ फेस्टिभ स्किम सार्वजनिक गरेको छ।
कम्पनीले भदाै १६ गतेदेखि कात्तिक २९ गतेसम्म लागु हुने स्किमअन्तर्गत ग्राहकले स्योरसट डिजिटल स्क्र्याच मार्फत न्यूनतम ८ हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट पाउने सुविधा रहने जनाएको छ।
यस्तै, पुरानो बाइक वा स्कुटर साट्दा स्योरसट ८ हजार रुपैयाँ र थप २,०८२ रुपैयाँसहित कम्तीमा १० हजार ८२ रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट प्राप्त गर्न सकिनेछ। यस स्किममा फाइनान्स गर्दा कुनै अतिरिक्त सर्भिस चार्ज लाग्ने छैन।
हालै सम्पन्न नाडा अटो शोमा जुम १२५ नामक नयाँ मोडल सार्वजनिक गरेको कम्पनीले उक्त स्कुटरलाई नेपाली बजारमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
कम्पनीका अनुसार जुम १२५ मा १४ इन्चको रिम, ० देखि ६० किमी प्रतिघण्टा पुग्न ७.६ सेकेण्ड मात्र लाग्ने क्षमता, प्युल-लिड वजरलगायतका विशेषताहरू छन्।
हिरो मोटोकर्पले नेपाली उपभोक्ताको चाहना र विश्वासलाई मध्यनजर गर्दै निरन्तर नयाँ मोडल बजारमा ल्याइरहेको जनाएको छ।