
काठमाडौँ- शुक्रबार अर्थात् आज बिहानदेखि हलमा नेपाली फिल्म ‘रिमै’ सहित तीन विदेशी फिल्म प्रदर्शन भएकाे छ। विदेशीमा हलिउड ‘द कन्जुरिङः लास्ट राइट्स’ र बलिउड ‘बागी ४’।
अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘रिमै’ ले गुरुङ समुदायको संस्कार र संस्कृतिमा आधारित प्रेम कथा प्रस्तुत गरेको छ। खिलबहादुर गुरुङ निर्देशित फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ मुख्य भूमिकामा छन्।
हलिउड फिल्म ‘द कन्जुरिङः लास्ट राइट्स’ पनि आजदेखि नै नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर र हरर जनरामा बनेको फिल्मका निर्देशक माइकल चाभेस हुन्। फिल्ममा भेरा फार्मिगा, प्याट्रिक विल्सन म्याडिसन ललरलगायत कलाकारको अभिनय छ।
अर्को, बलिउड फिल्म ‘बागी ४’ पनि नेपालमा आजदेखि नै प्रदर्शनमा आएको छ। टाइगर श्राफको मुख्य भूमिका रहेको फिल्म थ्रिलर, एक्सन र ड्रामा जनरामा बनेको छ। हर्षा निर्देशित फिल्ममा टाइगरसँगै संजय दत्त, सोनम बाजवाm हरनाज सन्धुलगायत कलाकारको अभिनय छ।
यौसँगै हलमा कोशेढुङ्गा’, ‘गुन्यो चोलो’ ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘परम सुन्दरी’, ‘मोहर’ फिल्म सीमित सो मा प्रदर्शन भइरहेको छ।