एमाले विधान महाधिवेशन : कसले कुन प्रतिवेदन प्रस्तुत गर्दैछन्?

हिमाल प्रेस २० भदौ २०८२ ८:४४
8
SHARES
एमाले विधान महाधिवेशन : कसले कुन प्रतिवेदन प्रस्तुत गर्दैछन्?

काठमाडौँ- नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा नेताहरूले विभिन्न प्रतिवेदन प्रस्तुत गर्दैछन्। ललितपुरको गोदावरीमा आजदेखि प्रारम्भ हुने महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सम्पन्न हुने महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आआफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रस्तुत प्रतिवेदनमा समूहगत छलफल हुनेछ।

बिहीबार केन्द्रीय सचिवालय बैठकमा फरक मत दर्ता गराएका स्थायी कमिटी सदस्य कर्ण थापाको पनि आज प्रस्तुति हुने छ।

पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा विकसित राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै वर्तमानका मुख्य चुनौती, पार्टीको कार्यदिशा, कार्यभारलगायत विषय समेटिएका छन्।

प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने मार्गचित्र प्रस्तुत भएको छ।

महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन्। यसअघि २०७८ सालमा विधान महाधिवेशन भएको थियो।

प्रकाशित: २० भदौ २०८२ ८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast