सामाजिक सञ्जाल ‘बन्द’ गर्ने सरकारी निर्णयको नेसपा नयाँ शक्तिको विरोध

हिमाल प्रेस २० भदौ २०८२ ५:४४
8
SHARES
सामाजिक सञ्जाल ‘बन्द’ गर्ने सरकारी निर्णयको नेसपा नयाँ शक्तिको विरोध

काठमाडौँ- नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेकोमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आपत्ति जनाएको छ।

पार्टीका प्रवक्ता कृष्ण शर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १७ (१) ले अभिव्यक्ति स्वतन्त्रताको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको र धारा १९ ले सञ्चार स्वतन्त्रतामा राज्यद्वारा अनुचित नियन्त्रण नगर्ने व्यवस्था गरेको उल्लेख गर्दै सञ्जाल बन्द गर्ने निर्णय संवैधानिक व्यवस्थाको उल्लंघन हुने जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘डिजिटल प्रविधि र सामाजिक सञ्जाल नागरिकको सूचना, सञ्चार र विचार अभिव्यक्तिको प्रमुख माध्यम बनेको आजको सन्दर्भमा यसलाई पूर्णरूपमा बन्द गर्नु संवैधानिक र अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी मापदण्डको उल्लंघन हुनेछ।’

पार्टीले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् र अन्तर्राष्ट्रिय नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धिले समेत डिजिटल प्रविधि र अभिव्यक्तिको स्वतन्त्रतालाई मानव अधिकारका रूपमा मान्यता दिएकाले सरकारले लिने कुनै पनि प्रतिबन्धात्मक कदम अन्तर्राष्ट्रिय दायित्वविपरीत ठहरिने चेतावनी दिएको छ।

प्रकाशित: २० भदौ २०८२ ५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast