पूरा भयो नेपाल र बंगलादेशबीच हुने खेलको तयारी

हिमाल प्रेस १९ भदौ २०८२ १८:४४
8
SHARES
पूरा भयो नेपाल र बंगलादेशबीच हुने खेलको तयारी

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच हुने मैत्रीपूर्ण खेलका लागि सबै तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सम्पूर्ण तयारी पूरा भएको एन्फाका प्रवक्ता सुरेश शाहले आज (बिहीबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगिताका दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ः३० बजेदेखि हुनेछ।

उक्त खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नै नेपाल आइसकेको छ। बंगलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रंगशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ।

प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकार एडी रिलिज प्राइभेट लिमिटेडलाई प्रदान गरेको प्रवक्ता शाहले जानकारी दिए। उक्त खेलका लागि भीआईपी प्यारापिटतर्फ  एक हजार र साधारण प्यारापिटतर्फ पाँच सय टिकट दर निर्धारण गरिएको छ।

दुवै खेलको समग्र विजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ। यदी दुवै खेलबाट नतिजा नआएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता तय हुनेछ। उक्त प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड २७ लाख ५८ हजार एक सय ६८ खर्च लाग्ने आयोजकको भनाइ छ।

प्रकाशित: १९ भदौ २०८२ १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast