सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न सक्रिय : माओवादी

हिमाल प्रेस १९ भदौ २०८२ १७:०५
4
SHARES
सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न सक्रिय : माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले सरकार अभिव्यक्ति कुण्ठित गर्ने दिशामा अग्रसर रहेको आरोप लगाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकपछि माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो आरोप लगाएका हुन्।

सरकारले सञ्चार मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालमा रोक लगाउने निर्णयपछि माओवादीको यस्तो अभिव्यक्ति आएको हो।

प्रवक्ता सापकोटाले प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर सरकार उद्यत भएको देखिएको बताए। उनले भने, ‘सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा अध्ययन गरिनेछ।

ठूला चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भ्रष्टाचार बढ्दै गएको र सुशासनसमेत कमजोर भएकाले चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकले सडक संघर्ष गर्दा संविधानले उल्लेख गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादउन्मुख राज्यव्यवस्थाका स्वरुपहरू र त्यसका प्रस्ट दृष्टिकोणका बारेमा जनमत सिर्जना गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले भदौ २१ गते सुरु हुने पार्टीको मध्यपहाडी लोकमार्ग अभियानलाई उपलब्धिमूलक बनाउने निर्णय गरेको सापकोटाले बताए। अभियानका सन्दर्भमा ठूला सभाभन्दा पनि अन्तरक्रिया, अन्तरसंवादमा जोड दिने निर्णय भएको छ।

बैठकमा स्थायी कमिटीले निर्णय गरेका विषयमा छलफल भएको थियो। पार्टी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादी र नेकपाबीचको एकताका लागि भइरहेको छलफलका बारेमा जानकारी गराएको प्रवक्ता सापकोटाले बताए।

प्रकाशित: १९ भदौ २०८२ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast