
काठमाडौँ- निर्देशक कृषा चौलागाईंले फिल्म ‘पारस’ बनाउने भएकी छन्। उनले जन्मदिनको अवसरमा कार्यक्रम गर्दै फिल्म निर्माणको घोषणा गरेकी हुन्।
फिल्मको पटकथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ। उनकै भाई विशाल चौलागाईंको लगानीमा निर्माण हुन लागेको हो।
फिल्मको कथा सचिन लदियाले लेखेका हुन्। निर्माण पक्षले फिल्मको डिओपी पुरुषोत्तम प्रधानले गर्ने बताएको छ। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’ र ‘पिताम्बर’ मा सहकार्य गरेका थिए। उनीहरूको यो तेस्रो सहकार्य हो। निर्माता विशालको पनि तेस्रो नै सहकार्य हो।
केपी फिल्मस्का ब्यानरमा निर्माण हुने फिल्म फागुनबाट छायांकनमा जाने टिमको तयारी छ। फिल्म एक्सनसहित प्रेमकथामा आधारित रहने निर्देशक कृषाले बताइन्।
उनका अनुसार फिल्मको कलाकार तथा अन्य प्राविधिक पक्षबारेमा केही समयपछि जानकारी दिइनेछ।