‘सामाजिक सञ्जाल बन्द हुन्छ’

हिमाल प्रेस १९ भदौ २०८२ १०:४८
14
SHARES
‘सामाजिक सञ्जाल बन्द हुन्छ’

काठमाडौँ- सरकारले सूचीकरण प्रक्रियामा आउन आह्वान गर्दा पनि नआएका सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी सरोकारवालाहरूले दिएका छन्। यसअघि नै सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल दर्ता गर्न अपिल गरेको थियो। पटकपटक म्याद थप गर्दा समेत केही सामाजिक सञ्जाल दर्ता भएका छैनन्।

अब भने सरकारले ती सामाजिक सञ्जाललाई बन्द गर्छ वा गर्दैन भन्ने अन्योलता बढेको छ। सरकारले अन्तिम म्याद भन्दै दिएको मिति पनि हिजो (बुधबार सकिएको छ। हालसम्म यसको आधिकारिक निकाय सञ्चार मन्त्रालय मौन छ। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङकै अग्रसतामा सामाजिक सञ्जाल दर्ता गर्न अनुरोध गरिएको थियो।

अब नेपालमा सामाजिक सञ्जाल चल्छन्- चल्दैनन् भन्ने दोधारका बीच केही सम्बन्धित व्यक्तिहरूले भने बन्द हुने बताएका छन्।

सरकारको नेतृत्व गरिररहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म खल्बलिएका सामाजिक परम्पराहरू पुनर्स्थापनाको कोसिस गर्न आह्वान गरेका छन् । उनले फेसबुकमा लेखेको स्टाटसका अनुसार अब सामाजिक सञ्जाल बन्द हुने संकेत देखिएको छ।

उनको भनाइको संकेतअनुसार अब दर्ता भएपछि मात्र सामाजिक सञ्जाल चल्नेछन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार एवं एमाले उपमहासचिव विष्णु रिमालले ‘सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्’ भनेका छन्। उनले सर्वोच्च अदालतले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्न फैसला गरेको रिमालले बताएका छन्।

 

प्रकाशित: १९ भदौ २०८२ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast