
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता वदन भण्डारीमाथि गएराति कपनमा भएको छ।
राति ८;३० बजेतिर अफिसबाट घर फर्किदा कपन चोकमा मोटरसाइकलमा आएका ३ जना अज्ञात व्यक्तिले आक्रामण गरेको भण्डारीले बताएका छन्। भण्डारीका अनुसार ती व्यक्तिले उनलाई ज्यान मार्ने उद्देश्यले आक्रामण गरेका छन्।
‘रड , चिरपट र खुकुरी लिएर आएका थिए। दुई जनाले एक्कासी टाउको र शरीरिकका भागहरुमा प्रहार गरे तेस्रो ब्यक्तिले बाईकबाट खुकुरी निकालेसि म रगत चुहाउदै गाडी तेही छोडेर घरमा भागेर आए त्यसपछि अस्पताल गएर दुई पटक गरेर १० टाका लागाईएको छ । म आज पुन हस्पिटल गएको छु।’ उनले भनेका छन्।
उनले राजनीतिक रिसिबिका कारण आक्रामण भएको दाबी गरेका छन्। ‘मलाई केही समय अगाडिबाट फोनबाट धम्की र मेरा अफिस वरिपरि आएर मेरो बारे सोधखोज गरिए सूचना मालाई थियो।’ उनले भनेका छन्।