![कालिमाटीमा तरकारीको मूल्य : करेला ५४, लौका ५३ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/tite-karela.jpg)
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६७, सानो लोकल गोलभेँडा ४२, रातो आलु ५१, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ११०, स्थानीय काउली ७५, लोकल बन्दा ४७, लाम्चो भन्टा २६, डल्ले भन्टा ३७, तने बोडी ९५ रुपैयाँ प्रतिकिलो छ।
करेला ५४, लौका ५३, तराईको परबल ५०, घिरौँला ६३, झिँगुनी ५५, डल्ले फर्सी ५०, पाकेको फर्सी ५०, भिन्डी ५०, कन्य च्याउ १५५, डल्ले च्याउ ३४६, ब्रोकाउली २६८ रुपैयाँ प्रतिकिलो छ।
प्रकाशित: १९ भदौ २०८२ ९:१९
प्रतिक्रिया