कर्णाली राजमार्गमा पहिरोले यातायात अवरुद्ध

हिमाल प्रेस १९ भदौ २०८२ ७:५८
4
SHARES
कर्णाली राजमार्गमा पहिरोले यातायात अवरुद्ध

सुर्खेत- कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा बुधबार राति पुनः पहिरो खसेको छ।‎ यसअघि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको यस खण्डमा फेरि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

‎‎प्रहरीका अनुसार, पहिरो पन्छाएर राजमार्ग सुचारु गर्न केही समय लाग्नेछ । ‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो ।

तर त्यसपछि पनि दुई पटक पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो । लगातारको वर्षाका कारण यस क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

‎‎राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरूलाई असुविधा भएको छ भने दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या भएको छ।

प्रकाशित: १९ भदौ २०८२ ७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast