गाजा युद्ध : कम्तीमा २१ हजार बालबालिका अपांग

हिमाल प्रेस १८ भदौ २०८२ २१:२०
16
SHARES
गाजा युद्ध : कम्तीमा २१ हजार बालबालिका अपांग प्यालेस्टिनका विस्थापित बालबालिका पश्चिमी गाजा सिटीको बन्दरगाह क्षेत्रस्थित अस्थायी आश्रयस्थलमा। तस्बिर : रासस/सिन्हवा

जेनेभा (रासस/एएफपी)- इजरायल र हमासबीच सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको युद्धयता गाजा क्षेत्रमा कम्तीमा २१ हजार बालबालिका अपांग बनेको संयुक्त राष्ट्रसंघको एक समितिले जानकारी दिएको छ।

अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिका अनुसार, युद्ध सुरु भएयता करिब ४० हजार ५०० बालबालिकाले नयाँ चोटपटक बेहोरेका छन्, जसमा आधाभन्दा बढी अपांगतामा पुगेका छन्।

समितिको भनाइअनुसार अपांगता भएका व्यक्तिहरूलाई कुनै पनि सहायताबिना बालुवा र हिलोमा घिसारिँदै भाग्न बाध्य बनाइएको विवरणहरू आएका छन्, जुन अत्यन्तै अमानवीय र असुरक्षित अवस्था हो। समितिले गाजामा मानवीय सहयोगमा लगाइएको रोकले अपांगता भएका व्यक्तिहरूलाई गम्भीर रूपमा प्रभावित बनाएको जनाएको छ।

प्रकाशित: १८ भदौ २०८२ २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast