सत्ता बिचौलियाहरूले नियन्त्रणमा लिएका छन् : प्रचण्ड

हिमाल प्रेस १८ भदौ २०८२ १९:०४
10
SHARES
सत्ता बिचौलियाहरूले नियन्त्रणमा लिएका छन् : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रविरुद्ध प्रतिक्रियावादी शक्तिहरुबाट षड्यन्त्र भइरहेकाले एकताबद्ध हुन आग्रह गरेका छन्।

बुधबार काठमाडौँमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले माओवादी क्रान्तिबाट प्राप्त भएका उपलब्धिहरुमाथि विभिन्न कोणबाट प्रहार हुन थालेको भन्दै क्रान्तिको उपलब्धिको रक्षाका साथै समाजवादतर्फ देशलाई डो¥याउन एकतावद्ध हुनुपर्ने बताएका हुन्।

उनले संविधान पार्टीले चाहेअनुसार निर्माण गर्न नसकिए पनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताए। तर अहिले संविधान कार्यान्वयन भन्दा संविधान विरुद्ध गतिविधि भइरहेको भन्दै उनले आपत्ति जनाए।

प्रचण्डले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको स्पष्ट पारे। त्यस्तै उनले हालको सत्ताको वास्तविक शक्ति नेताहरू नभई, बिचौलियाहरूले नियन्त्रणमा लिएको बताए। भ्रष्टाचार र बिचौलिया संस्कृति अन्त्य गर्न सरकारमा रहँदा सुशासनको अभियान चलाइएको कारण सरकार बाट बाहिरिनुपरेकोले त्यसका विरुद्ध लड्न जनताको साथ आवश्यक भएको उनले बताए।

अध्यक्ष प्रचण्डले अबको आन्दोलन वैज्ञानिक समाजवाद स्थापनाका लागि हुने भन्दै विचार मिल्ने सबै इमान्दार शक्तिहरूलाई एकजुट हुन आह्वान गरे। विभिन्न वामपन्थी र कम्युनिस्ट घटकहरूबीच एकताका लागि छलफल भइरहेको र छिटै एकताको सम्मेलन हुनसक्ने उनले बताए।

प्रकाशित: १८ भदौ २०८२ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast