
काठमाडौँ- फिल्म ‘रिमै’ को दोस्रो गीत ‘छुटिसकेको रिमै’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ। गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ।
गायक थानेश्वर गौतमले नै संगीत भरेको गीत कवि श्रवण मुकारुङले लेखेका हुन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङका चल अचल दृश्य समेटिएका छन्।
खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्मको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन्। फिल्म यही शुक्रबार अर्थात् भदौ २० देखि प्रदर्शन हुनेछ।
फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।
शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेको फिल्म मित्र डि गुरुङको सम्पादनमा बनेको छ। वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्मातामा छन्।
फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस्को प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो।