
काठमाडौँ- नेपाल प्रहरीका ३१ औँ महानिरीक्षक दीपक थापा अनिवार्य अवकासमा गएका छन्।
प्रहरीको ३० वर्षे सेवाहदका कारण थापा बिदा भएका हुन्। उनले पाँच महिना १३ दिन प्रहरीको नेतृत्व गरे। प्रहरी प्रधान कार्यालयले थापाको बिदाईमा भब्य कार्यक्रमको आयोजना गरेको छ।
दिउँसो दुई बजे प्रहरी हेडक्वार्टरमा सबै दर्जाका प्रहरीहरुलाई उपस्थित हुने निर्देशन दिइएको छ।
३२ औँ प्रहरी महानिरीक्षकमा चन्द्रकुबेर खापुङ नियुक्त भइसकेका छन्। गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आईजीपी नियुक्त गरेको थियो। उनले भोलिदेखि कार्यभार सम्हाल्नेछन्।
प्रकाशित: १८ भदौ २०८२ ९:०५
प्रतिक्रिया