यू २३ एसियन कप छनोट : ताजिकिस्तानसँग भिड्दै नेपाली टोली

हिमाल प्रेस १८ भदौ २०८२ ७:३७
10
SHARES
यू २३ एसियन कप छनोट : ताजिकिस्तानसँग भिड्दै नेपाली टोली यू २३ का खेलाडीहरू प्रशिक्षणका क्रममा। तस्बिर : एन्फा।

काठमाडौँ- एएफसी यू २३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानसँग खेल्दैछ।ताजिकिस्तानको दुशान्बेस्थित पामिर स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ८ बजेदेखि सुरु हुनेछ।

नेपाल रहेको समूह ‘के’मा नेपालसँगै ताजिकिस्तान, फिलिपिन्स र सिरिया छन् । राष्ट्रिय टिमका मिडफिल्डर आयुष घलानको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टोलीबाट खेलेका कृतिश रत्न छुन्जु र सुमित श्रेष्ठ पनि छन्।

नेपालले सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ।

प्रकाशित: १८ भदौ २०८२ ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast