
काठमाडौँ- लिम्बू पत्रकार संघ इलामको अध्यक्षमा सुशिल मोरोहाङ निर्वाचित भएका छन्। संघको चौथो जिल्ला अधिवेशनबाट मोरोहाङ ३ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
उपाध्यक्षमा सृष्टि कुरुम्बाङ, सचिवमा सरोज जवेगू लिम्बू, सहसचिवमा नविन फागो र कोषाध्यक्षमा ऐनकला नेम्बाङ निर्वाचित भएका छन्। सदस्यहरूमा अनिता जवेगू, संगीता लिम्बू, पूजा राई (लिम्बू) र अनुपहाङ लिम्बू निर्वचित भएका छन् ।
प्रदेश अधिवेशन प्रतिनिधिमा रेखा बेघा, भीमसेन लिम्बू र प्रकृति लिम्बू एवम् केन्द्रीय प्रतिनिधिमा युवराज लिम्बू र सन्तोष नेम्बाङ निर्वाचित भएका छन् ।
प्रकाशित: १८ भदौ २०८२ ७:१५
प्रतिक्रिया