
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा छ।
हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो। आज युरो एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा छ। हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा थियो।
आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८९ रुपैयाँ १३पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७१ पैसा थियो।
कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ०८ र बिक्रीदर ४६२ रुपैयाँ ०४ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८३ र बिक्रीदर ४६२ रुपैयाँ ७९पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा थियो।