सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हिमाल प्रेस १८ भदौ २०८२ ६:३९
14
SHARES
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ- सिन्धुपाल्चोकमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ। राति ११ बजेर २३ मिनेटमा सिन्धुपाल्चोक जिल्लाको तालामाराङ आसपास केन्द्रबिन्दु भएर स्थानीय ४.० म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो दिनमा तेस्रो पटक नेपालमा भूकम्प गएको हो।

यसअघि बिहान ६ बजेर १५ मिनेटमा गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै दिउँसो ३ बजेर १३ मिनेटमा दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

प्रकाशित: १८ भदौ २०८२ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast