यी स्थानमा आज पर्ने छ भारी वर्षा

हिमाल प्रेस १८ भदौ २०८२ ६:३६
6
SHARES
यी स्थानमा आज पर्ने छ भारी वर्षा फाइल तस्बिर

काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेशको तराई र बागमती प्रदेशका पहाडको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित: १८ भदौ २०८२ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast