
काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरेका तीन जनालाई अनुसन्धानका लागि प्रहरीलाई तीन दिनको म्याद थपको अनुमति दिएको छ।
पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने ४१ वर्षीय विराजसिंह लवट खत्री, सोही ठाउँका ४४ वर्षीय राजलवट खत्री तथा तारकेश्वर नगरपालिका–७ फुटुङ बस्ने ३९ वर्षीय सन्तोष महर्जन रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
उनले भने, ‘सोमबार दिउँसो काठमाडौँ तारकेश्वर नगरपालिका–१ स्थित एकघरमा अपरिचित मानिस प्रवेश गरी एक व्यक्तिलाई लिएर गएको भन्ने सूचनाका आधारमा प्रहरीवृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उक्त घरबाट मोबाइल अफ गरी राखी राखेका अवस्थामा फेला पारी निज व्यक्तिको उद्धार गरी सो कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो।’
उनीहरूको आज तीन दिनको म्याद थप अनुमति प्राप्त भई प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए।