झुम्का कारागारमा १५ दिनमै तीन कैदीको मृत्यु

हिमाल प्रेस १७ भदौ २०८२ १९:२१
38
SHARES
झुम्का कारागारमा १५ दिनमै तीन कैदीको मृत्यु

इटहरी- सुनसरीको झुम्का कारागारमा स्वास्थ्य सेवा अभावका कारण कैदीहरूको ज्यान जोखिममा पर्न थालेको छ। गत भदौ ४ गतेयता मात्रै तीन जना कैदीको मृत्यु भएपछि कारागार प्रशासन र सुरक्षा निकायमाथि प्रश्न उठ्न थालेको छ।

कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सुनसरीको गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँवको सोमबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भयो। त्यसको एकदिनमै मंगलबार (आज) धरानका २४ वर्षीय सागर राईले पनि सोही अस्पतालमै ज्यान गुमाए। उनी लागूऔषध मुद्दामा पुर्पक्ष कैदमा थिए।

यसअघि, भदौ ४ गते भोजपुरका २८ वर्षीय विकास राई पनि झुम्का कारागारकै कैदी रहँदा अचानक बेहोस भई ढलेका थिए। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

लगातार कैदीको मृत्यु घटनाले कैदीहरूको नियमित स्वास्थ्य जाँच र आपत्कालीन उपचार सुविधामा गम्भीर प्रश्न खडा गरेको छ।

जिल्ला सुरक्षा समितिले अनुगमन गरी तुरुन्तै स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार, ब्लक ए र बी गरी सबै कैदीहरूको स्वास्थ्य परीक्षण गरिनेछ। गम्भीर समस्या भएकालाई तुरुन्तै स्थानान्तरण गरिने योजना रहेको उनले जनाए।

झुम्का कारागारमा हाल एक हजार ७९४ जना कैदी रहेका छन्। तर, कैदी संख्याको अनुपातमा स्वास्थ्य पूर्वाधार र जनशक्ति पर्याप्त नरहेको कैदीका आफन्तले आरोप लगाउँदै आएका छन्।

प्रकाशित: १७ भदौ २०८२ १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast