प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता

हिमाल प्रेस १७ भदौ २०८२ १८:४४
24
SHARES
प्रधानमन्त्री ओली र  चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता

बेइजिङ (चीन)- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबीच द्विपक्षीय भेटवार्ता भएको छ।

बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेष्टहाउसमा आज (मंगलबार) भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटमा चिनियाँ पक्षले दुईपक्षीय कूटनीतिक सम्बन्ध विस्तारका साथै दुवै देशलाई लाभ हुने आयोजना अघि बढाउने विषयमा छलफल गरेको थियो। त्यसै गरी नेपाली पक्षले औपचारिक भ्रमणका लागि आमन्त्रण गरेकामा र उच्चस्तरीय भेटवार्ताका लागि चीन सरकारप्रति आभार व्यक्त गरेको थियो। प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) बैठक उपलब्धिमूलक भएको धारणा व्यक्त गरेका थिए।

भेटमा नेपाली पक्षले एक चीन नीतिप्रति स्पष्ट रहेको दोहोर्‍याउँदै चीनकाविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो। आजै (मंगलबार) उपराष्ट्रपति हानले नेपाली प्रतिनिधिमण्डलको स्वागतमा रात्रिभोज आयोजना गरेका थिए।

थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री ओली आजै बेइजिङ गएका थिए।

प्रकाशित: १७ भदौ २०८२ १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast