सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

हिमाल प्रेस १७ भदौ २०८२ १८:२३
6
SHARES
सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

कमलामाई (सिन्धुली)- कमलामाई नगरपालिका-९, नयाँबस्तीमा आज (मंगलबार) अपराह्न भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीका अनुसार बर्दीवासबाट कटारीतर्फ गइरहेको नम्बरको बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक काभ्रे भुम्लु गाउँपालिका–९ का १८ वर्षीय सौगात माझीको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार भारतको मोतिहारीका १८ वर्षीय सागर आलमको अवस्था गम्भीर छ। निजको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। बसका चालकलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित: १७ भदौ २०८२ १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast