
काठमाडौँ- काठमाडौँ महानगरपालिका-२६ गोगंबुस्थित टाउन प्लानिङबाट रु तीन करोडभन्दा बढी रकम र सुनसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा घर भई हाल काठमाडौँ महानगरपालिका-२६ गोगंबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
उनले भने, ‘करिब रु तीन करोडभन्दा बढी रकम र ठूलो परिमाणमा सुनका गहना पनि भेटिएका छन्। रकमको संख्या यकिन गर्न मेसिन मगाएर गन्ने कार्य सुरु भएको छ।’
आज उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको थियो।
प्रकाशित: १७ भदौ २०८२ १७:५७
प्रतिक्रिया