वैज्ञानिक प्रकाशनमा योगदान दिएबापत सुरेश रिजाल सम्मानित

हिमाल प्रेस १७ भदौ २०८२ १७:३७
8
SHARES
वैज्ञानिक प्रकाशनमा योगदान दिएबापत सुरेश रिजाल सम्मानित

काठमाडौँ- वैज्ञानिक प्रकाशनमा योगदान पुर्‍याएबापत सुरेश रिजाललाई ‘साइन्टिफिक पब्लिसिङ एण्ड एडिटोरियल एक्सिलेन्स’ अवार्ड प्रदान गरिएको छ। ललितपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपसभामुख इन्दिरा राना, सांसद एकनाथ ढकाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त रूपमा रिजाललाई सम्मान गरेका हुन्।

अर्घाखाँचीको मलारानी-४ का रिजाल ओमवे टेक्नोलोजिज प्रालि का प्रमुख कार्यकारी अधिकृत हुन्। उनले नेपाल मेडिकल एसोसिएसन जर्नलबाट सुरु भएको यात्रामा हाल ५० भन्दा बढी वैज्ञानिक पत्रिकाको व्यवस्थापनमा प्राविधिक सहयोग पुर्‍याइरहेका छन्।

प्रकाशित: १७ भदौ २०८२ १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast