गृहकार्य छल्न अपहरणमा परेको बहाना गरेपछि…

हिमाल प्रेस १७ भदौ २०८२ १७:०६
46
SHARES
गृहकार्य छल्न अपहरणमा परेको बहाना गरेपछि…

काठमाडौँ- गुल्मीको मदाने गाउँपालिका-६ स्थित पृथ्वी माध्यमिक विद्यालयमा मंगलबार छात्र भुवन कुँवर (कक्षा ७) अपहरण भएको समाचारले विद्यालय र स्थानीयवासीलाई त्रसित बनाएको छ। भुवन अपहरणमा परेको भन्ने खबर उनीसँगै विद्यालय हिँडेका सातजनाले स्थानीय बासिन्दालाई गरेका थिए। त्यसपछि स्थानीय बासिन्दाले विद्यालयमा जानकारी दिए। सोहीबमोजिम विद्यालयले इलाका प्रहरी कार्यालय पुर्कोट दहमा खबर पुग्यो। अपहरणबाट मुक्त गराउन आग्रह गरियो।

इलाका प्रहरी कार्यालय पुर्कोट दहको छानबिनपछि खुलेको तथ्यअनुसार अपहरणको घटना गृहकार्य नगरेको छल्ने बहाना मात्र भएको पुष्टि भएको छ। भुवन कक्षा ७ का छात्र हुन्।

प्रहरी, विद्यालय र अभिभावकले सोधपुछ गर्दा छात्रले बहाना बनाएको पुष्टि भएको विद्यालयका प्रधानाध्यापक मदनबहादुर कुँवर क्षेत्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कुँवरले विद्यार्थीलाई तर्साउने वा अपहरण गर्ने कुनै घटना नभएको स्पष्ट पार्दै सबैमा शान्तिपूर्ण वातावरणमा शिक्षण प्रक्रिया जारी राख्न सहयोग गर्न आग्रह गरेका छन्।

इलाका प्रहरी कार्यालय, विद्यालय परिवार, गाउँपालिका परिवार, स्थानीयवासी, पत्रकार लगायत सम्पूर्ण सोही स्थानमा पुगी अपहरणमा परेका भनिएका छात्रलाई कुनै स्थानमा लुकी बसेको फेला पारेका थिए। विद्यालय परिवारले मदाने गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइ, प्रहरी, स्थानीयवासी, पत्रकार र सम्पूर्ण विद्यालय समुदायलाई सहयोगका लागि धन्यवाद दिएको छ।

प्रकाशित: १७ भदौ २०८२ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast