
काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक डाकेको छ। बैठक भदौ १९ गते बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी डाकिएको हो।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भदौ २०-२२ मा गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफलका लागि बैठक बोलाइएको बताए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने पनि उनले बताए।
प्रकाशित: १७ भदौ २०८२ १६:४३
प्रतिक्रिया