कात्तिक २७ मा प्रदर्शन हुँदै फिल्म ‘शिवांश : च्याप्टर १’

हिमाल प्रेस १७ भदौ २०८२ १६:३६
12
SHARES
कात्तिक २७ मा प्रदर्शन हुँदै फिल्म ‘शिवांश : च्याप्टर १’

काठमाडौँ-  फिल्म ‘शिवांश : च्याप्टर १’ आगामी कात्तिक २७ मा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले कात्तिक २७ मा प्रदर्शन गर्ने घोषणासहितको एक पोस्टर सार्वजनिक गरेको छ।

पोस्टर कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित गरिएको छ। जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको दृश्यमा साँढेको निधारमा त्रिशूल पनि छ।

पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ यतिबेला पोस्ट प्रोडक्सनमा छ। फिल्मका निर्देशक सन्तोष कुमार आत्रेय हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो।

फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहनेछ। साथै फिल्ममा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबीर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारले अभिनय गरेका छन्।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मका निर्मातामा अञ्जान केसी छन्। निर्माता अञ्जान केसी फिल्मको कथा लेखेका छन्। बारत लिम्बूको पटकथा लेखन छ । त्यस्तै स्क्रिप्ट डक्टरमा सुलक्षण भारती छन्।

सरद महतो डीओपी रहेको फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफीमा बन्नेछ।

प्रकाशित: १७ भदौ २०८२ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast