बाढीमा बगेर दुई युवकको मृत्यु

हिमाल प्रेस १७ भदौ २०८२ १५:५७
16
SHARES
बाढीमा बगेर दुई युवकको मृत्यु

रसुवा- दुई दिनअघि सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज फेला परेको छ। प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका-६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो।

गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका उनीहरू घर नपुगेपछि खोजी थालिएको थियो। शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन।

प्रकाशित: १७ भदौ २०८२ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast