जाहान्वी अभिनीत फिल्म ‘प्रेम गीता’ को टिजर सार्वजनिक 

हिमाल प्रेस १७ भदौ २०८२ १५:२८
12
SHARES
जाहान्वी अभिनीत फिल्म ‘प्रेम गीता’ को टिजर सार्वजनिक 

काठमाडौँ- राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्म ‘प्रेम गीता’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट ११ सेकेन्डको टिजरमा प्रेमपछिको विछोडको प्रसंग उठाइएको छ।

ओएसआरको युटुब च्यानलबाट सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार जाहान्वी बस्नेत, साजिद खान, सुशील पोखरेल लगायतलाई देख्न सकिन्छ।

समसामयिक कथामा आधारित फिल्ममा सुशील, जाहन्वी, साजिदसहित आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय छ।

ग्रीन प्यारोटस् फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता साजिद खान हुन्। अयाज अलि खान निर्माता रहेको फिल्म विनयराज पौडेलको मुख्य सहायक निर्देशन, मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईंको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफीमा बनेको छ।

निर्देशक बस्नेतले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन्। फिल्म आगामी माघ २३ मा प्रदर्शन गर्ने टिमको तयारी छ।

यस्ताे छ टिजर

प्रकाशित: १७ भदौ २०८२ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast