
काठमाडौँ- जनमत पार्टीले रूपन्देही-३ को उपनिर्वाचनका लागि धनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए। उनले भने, ‘उहाँलाई उम्मेदवार बनाउने निर्णय भएको छ।’
चौधरी भदाै ८ गते नागरिक उन्मुक्ति पार्टीबाट जनमतमा प्रवेश गरेका थिए। २०७९ को प्रतिनिधिसभा चुनावमा चौधरी नाउपाबाट रूपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार थिए। उनी नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए।
रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।
प्रकाशित: १७ भदौ २०८२ १५:१४
प्रतिक्रिया