
काठमाडौँ- राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ। सो समितिको आजको बैठकमा प्रतिवेदनको मस्यौदामाथि छलफलपछि प्रतिवेदन पारित भएको हो।
पारित प्रतिवेदनलाई समितिअन्तर्गतको उपसमितिले अन्तिम रूप दिएपछि सभापति र समिति सचिवको हस्ताक्षरपछि राष्ट्रियसभा बैठकमा आजै पेस हुनेछ।
समितिको आजको बैठकमा कर्मचारीको अनिवार्य अवकाशको उमेर चालु आर्थिक वर्षमा ५८, आगामी आवमा ५९ र त्यसपछि ६० वर्ष नै कायम गर्ने सहमति भएसँगै समितिबाट पारित गरिएको हो।
प्रतिनिधिसभाबाट गत असार १५ गते पारित भई आएको विधेयकलाई दुई महिनाभित्र राष्ट्रियसभाबाट पारित गर्नुपर्ने संवैधानिक बाध्यता छ।
प्रकाशित: १७ भदौ २०८२ १३:५६
प्रतिक्रिया