कर्मचारी अवकाशको उमेरहदसम्बन्धी मेरो प्रस्ताव व्यक्तिगत स्वार्थमा थिएन : मन्त्री न्यौपाने

हिमाल प्रेस १७ भदौ २०८२ ११:५०
68
SHARES
कर्मचारी अवकाशको उमेरहदसम्बन्धी मेरो प्रस्ताव व्यक्तिगत स्वार्थमा थिएन : मन्त्री न्यौपाने

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको उमेर हदसम्बन्धी आफूले यसअघि राखेको प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा नभएको प्रस्ट पारेकी छन्। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले छलफलकै क्रममा आफूले राखेको प्रस्ताव कुनै एक कर्मचारीको स्वार्थमा केन्द्रित नभएको बताएकी हुन्।

‘बैठकमा छलफलको क्रममा अवकाशको उमेरहदको विषयमा धेरै छलफल भयो, सबैले आफ्नो तर्क राख्नुभयो। मैले पनि सरकारका तर्फबाट आफ्नो धारणा र प्रस्ताव राखेँ, अनुरोध गरेँ। तर मेरो आफ्नो व्यक्तिगत स्वार्थ थिएन’, उनले भनिन्।

मन्त्री न्यौपानेले कसैको स्वार्थ पूरा गर्ने नाममा अनुचित काम  नगर्ने  अठोट व्यक्त गरिन्। सरकार र कर्मचारीबीचमा सुमधुर सम्बन्ध हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको उनको भनाइ छ। उनले भनिन्, ‘कर्मचारीको मनोबल कसरी उठाउन सकिन्छ भन्ने मनसायले अवकाशको उमेर हदसम्बन्धी प्रस्ताव राखेकी हुँ।’

मन्त्री न्यौपानेका अनुसार आमचासोका रूमपा रहेको कुलिङ अफ पिरियडलाई राष्ट्रियसभाले कसरी टुंग्याउँछ भन्ने  चासो थियो। उनले भनिन्, ‘त्यसलाई पनि हामीले सर्वसम्मतका साथ टुंग्यायौँ।’

प्रकाशित: १७ भदौ २०८२ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast