
काठमाडौँ- चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँस्थित तियानजिनबाट मंगलबार राजधानी बेइजिङ पुगेका छन्। तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट बेइजिङ पुगेको हो।
त्यहाँ बुधबार आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ।
प्रकाशित: १७ भदौ २०८२ ११:१६
प्रतिक्रिया