फेवातालमा हाम्फाल्ने महिलाको सकुशल उद्धार

हिमाल प्रेस १७ भदौ २०८२ ९:०७
32
SHARES
फेवातालमा हाम्फाल्ने महिलाको सकुशल उद्धार

काठमाडौँ- पोखरास्थित फेवातालमा हाम फालेकी महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाकाअनुसार आज बिहान ५ बजेतिर कास्की जिल्ला पोखरा महानरपालिका ६ गौरीघाटस्थित फेवातालमा मकवानपुर घर भई पोखरा ६ लेकसाइड बस्ने अन्दाजी ४५ वर्षीया हीरा नेगी हाम फालेकी हुन्।

तर उनी काठको मुढामा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, कालिका गणबाट इन्सपेक्टरको कमान्डमा ५ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन र नेपाल प्रहरीसहितको संयुक्त सुरक्षा फौजले उनको उद्धार गरेको उनले बताए।

उद्धारपछि महिलालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान र अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: १७ भदौ २०८२ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast