इलाममा भेटियो दुर्लभ कालो चितुवा

हिमाल प्रेस १७ भदौ २०८२ ८:३६
28
SHARES
इलाममा भेटियो दुर्लभ कालो चितुवा

काठमाडौँ- इलाममा कालो चितुवा फेला परेको छ। जिल्ला वन कार्यालय इलामले यो दुर्लभ प्रजातिको चितुवा भएको अनुमान गरेको छ। सूर्योदय नगरपालिका २ बागवीरे निवासी टंक काफ्लेको बाख्राको खोरभित्र सोमबार बिहान कालो चितुवा फेला परेको हो।

आइतबार राति नै आएर खोरमा रहेका दुईवटा माउ बाख्रा र एउटा पाठी खाएर खोरमै बसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। डिभिजन वन कार्यालय इलामले यो चितुवाको उद्धारका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोलीलाई जानकारी गराएको छ।

डिभिजन प्रमुख वीरेन्द्र साहले कालो प्रजातीको चितुवा दुर्लभ मानिने बताए।

प्रकाशित: १७ भदौ २०८२ ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast