गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

हिमाल प्रेस १७ भदौ २०८२ ८:२३
6
SHARES
गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

काठमाडौँ- काठमाडौँबाट गोरखाको माछी खोला जाँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। मंगलबार बिहान ०५;०० बजे गोरखाको भिमसेनथापा गापा ३ टारीफाँट गगटे स्थित गोरखा-आरुघाट सडकखण्डमा काठमाडौँबाट गोरखाको माछी खोला जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा सवार २१ जना घाइते भएका हुन्।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार बागमती प्रदेश ०१-००६ ख ४१३१ नम्बरको रात्रिबस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार २१ जना घाइते भएका हुन्। थापाका अनुसार घाइतेलाई उपचारको लागि प्राथामिक उपचार केन्द्र आरुघाट पठाएकोमा २ जना घाइतेलाई थप उपचारको लागि काठमाडौँतर्फ पठाएको छ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश आरुघाटबाट सप्रनिको कमाण्डमा १५ जना र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले घाइतेको उद्दार गरेको छ।

प्रकाशित: १७ भदौ २०८२ ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast