किसानका जायज माग पूरा गर्न सरकारसमक्ष जनार्दनको माग

हिमाल प्रेस १७ भदौ २०८२ ६:४४
6
SHARES
किसानका जायज माग पूरा गर्न सरकारसमक्ष जनार्दनको माग जर्नादन शर्मा।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उखु किसानसँगै दुग्ध किसानहरूका माग पूरा गर्न सरकारसमक्ष माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत किसान नै सडकमा आउनु लज्जाको विषय भएको बताएका छन्।

उनले भनेका छन्, ‘बर्षातको बेला र दसैँको मुखमा किसानहरूलाई आन्दोलनमा आउन नपरी तत्काल दुग्ध किसानको भुक्तानी सुनिश्चित गर्न र किसानहरूको जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछु।’

उनले सरकारले किसानहरूको समस्यामा तत्काल ध्यान दिनुपर्ने र समयमै भुक्तानी गरी उनीहरूको दैनिकीमा सहजता ल्याउनुपर्ने जोड दिए ।

प्रकाशित: १७ भदौ २०८२ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast