‘एकल बहुमतको सरकार नहुँदा सहज रूपमा काम गर्न सकिएन’

हिमाल प्रेस १६ भदौ २०८२ २१:१८
14
SHARES
‘एकल बहुमतको सरकार नहुँदा सहज रूपमा काम गर्न सकिएन’

बैतडी- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकल बहुमतको सरकार भएमा मात्रै जनताका काम गर्न सहज हुने बताएका छन्।

यहाँको डिलाशैनी गाउँपालिका-५ को तिलाचौरमा नवनिर्मित प्रशासनिक भवनको आज (सोमबार) उद्घाटन गर्दै उनले बहुमतको सरकार नहुँदा काम गर्न समस्या भएको बताए।

मन्त्री भण्डारीले भने, ‘जनआकांक्षा धेरै छन्। चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न सकिएको छैन। एकल बहुमतको सरकार नहुँदा समस्या भएको हो। अपेक्षाकृत विकास हुन् एकल सरकार आवश्यक छ।’

गृह जिल्ला बैतडीको विकासका लागि आफू मन्त्री हुँदा या नहुँदा पनि सधैँ लागिपरेको उनको भनाइ थियो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले डिलाशैनीको विकास आफ्नो प्राथमिकतामा रहेको बताए। रासस

प्रकाशित: १६ भदौ २०८२ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast