अफगानिस्तान भूकम्प : मृतकको संख्या आठ सय पुग्यो

हिमाल प्रेस १६ भदौ २०८२ १९:३८
56
SHARES
अफगानिस्तान भूकम्प : मृतकको संख्या आठ सय पुग्यो तस्बिर : एफपी

काठमाडौँ- अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको ६ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा आठ सयभन्दा बढी मानिसको ज्यान गएको छ भने दुई हजारभन्दा बढी घाइते भएका छन्।

भूकम्पको केन्द्र अफगानिस्तानको पाँचौँ ठूलो सहर जलालाबाददेखि करिब २७ किलोमिटर टाढा र सतहदेखि झन्डै १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ।

मध्यरातमा आएको यो भूकम्पका कारण माटो र ढुंगाबाट बनेका घरहरू भत्किएका छन्। भूकम्पको धक्का त्यहाँबाट करिब चार सय किलोमिटर टाढा पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो।

भूकम्पका कारण दूर्गम पहाडी क्षेत्रहरू प्रभावित भएका छन्। त्यस क्षेत्रमा पहिरोका कारण सडक अवरूद्ध भएका छन्। घाइतेहरूलाई भग्नावशेषबाट निकालेर हेलिकप्टरमार्फत सुरक्षित स्थानमा पु¥याउने र जीवित बचेकाहरूको खोजी कार्य जारी छ।

मानवीय संकटसँग जुधिरहेको बेला अफगानिस्तानमा यो विपत्ति आएको हो। एकातिर अन्तर्राष्ट्रिय सहयोगमा ठूलो गिरावट आएको छ भने अर्कोतर्फ छिमेकी देशहरूले ठूलो संख्यामा अफगानी नागरिकलाई फर्काइरहेका छन्।

प्रकाशित: १६ भदौ २०८२ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast