नेपाली शान्ति सेनाको अदलीबदली

हिमाल प्रेस १६ भदौ २०८२ १९:१६
40
SHARES
नेपाली शान्ति सेनाको अदलीबदली

काठमाडौँ- मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली सैनिकहरूको अदलीबदली भएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि खटिएका नेपाली सैनिकहरूको अदलबदली भएको हो।

सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौँ डफ्फालाई बदली गर्नको लागि एघारौँ डफ्फाका ७१ जना शान्ति सैनिकहरू आइतबार मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका नेपाली शान्ति सैनिकहरू पनि आइतबार नै स्वदेश फर्किएका छन्।

हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार २३९ जना शान्ति सैनिकहरु कार्यरत रहेको नेपाली सेनाले जानकारी दिएको छ।

प्रकाशित: १६ भदौ २०८२ १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast