‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ

हिमाल प्रेस १६ भदौ २०८२ १९:०४
6
SHARES
‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ

ललितपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिबाट अधिकतम् लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक रहेको बताएका छन्। त्यसका लागि नेपाल टेलिकमलाई फाइभजी नेटवर्कको व्यवस्थापन गर्न उनले निर्देशन दिएका छन्।

ललितपुरमा आज (सोमबार) नेपाल टेलिकम (एनटीसी)ले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अन्तक्रियामा मन्त्री गुरुङले जनताको घरदैलोमा फोरजी नेटर्वकको पहुँच विस्तार गर्न आग्रह गरे।

उनले सरकारको डिजिटल फेर्मवर्क (डीएनएफ)को उद्देश्य पूरा गर्न, डिजिटल सुशासन विस्तार, जनताको सेवालाई छिटो र छरितो बनाउन, सुशासन कायम गर्न एनटीसीको नेवटर्क विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

मन्त्री गुरुङले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसै वर्ष फाइभ जी नेटवर्क सुरु गर्ने वचन दिएको बताउँदै त्यसको तयारीमा लाग्न नेपाल टेलिकमको ध्यानार्कषण गराए। ‘साउथ एसियामै फाइभ जी नेटवर्क प्रयोग भइसकेको छ, हामी भने निकै पछि परेका छौँ,’ उनले भने, ‘प्रधानमन्त्री र मबीच फाइभ जी नेटवर्क कार्यान्वयन गर्ने विषयमा सम्झौता भइसकेको छ।’

मन्त्री गुरुङले नेपाल टेलिकम जनताको अतिआवश्यक र महत्त्वपूर्ण सेवाप्रदायी संस्था भएकाले कार्यसम्पादनमा संवेदनशीलता अपनाउनुपर्ने सुझाव दिए। चालु आर्थिक वर्षमा कार्ययोजनाको लक्ष्य प्राप्तिका लागि सबैले इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्न पनि उनले आग्रह गरे। रासस

प्रकाशित: १६ भदौ २०८२ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast