नेसनल प्याब्सनले विद्यालय बन्द नगर्ने

हिमाल प्रेस १६ भदौ २०८२ १८:२१
24
SHARES
नेसनल प्याब्सनले विद्यालय बन्द नगर्ने

काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले विद्यालय शिक्षा विधेयकप्रति असहमति भए पनि विद्यालय बन्द गराएर आन्दोलन गर्ने पक्षमा नरहेको जनाएको छ।

नेसनल प्याब्सनले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विद्यालय क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा स्वीकार गरिएकाले विद्यालय बन्द, हड्तालको पक्षमा नरहेको जनाएको हो।

पत्रकार सम्मेलनमा नेसनल प्याब्सनका अध्यक्ष गीता क्षेत्री राणाले ५४ वर्षपश्चात आउन लागेको विद्यालय शिक्षा ऐनले विद्यार्थी, अभिभावक, निजी लगानीकर्ता र सम्रग शिक्षा क्षेत्रको कोशेढुंगा सावित होस् भन्ने चाहना रहेको बताइन्।

उनले आफूहरुले सरोकारवाला निकायमा निजी विद्यालय सञ्चालकका विषयबारे जानकारी गराएको र सकारात्मक जवाफ आएको उल्लेख गरिन्।

अध्यक्ष राणाले निजी विद्यालयहरुले विद्यार्थीलाई प्रदान गर्दै आएको १० प्रतिशत छात्रवृति यथावत नै राख्नुपर्ने, पूर्ण छात्रवृतिको व्यवस्था हट्नुपर्ने, निजी लगानीमा सञ्चालित विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने विषय न्यायोचित नरहेको बताइन्। उनले आफूहरु विद्यालय बन्द गरेर आन्दोलन गर्ने पक्षमा नरहेको बताइन्।

त्यस्तै उच्च शिक्षा छात्रवृतिमा सरकार र नेपालका विभिन्न विश्व विद्यालयहरुले कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढेको हुनुपर्ने व्यवस्था हटाउनुपर्ने नेसनल प्याब्सनको माग छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast